दफा ७००
विदेशीले नेपालमा विवाह गर्दा निजको मुलुकको कानून पालना गर्नु पर्नेः

(१) विदेशीहरू वा विदेशी र नेपाली नागरिकले नेपालमा विवाह गर्दा विवाह गर्ने प्रत्येक व्यक्तिले आ–आफ्नोनागरिकता रहेको मुलुकको कानून बमोजिम निर्धारित सक्षमता, योग्यता र शर्त पालना गर्नु पर्नेछ ।
(२) नेपालमा विदेशीले विवाह गर्दा पूरा गर्नु पर्ने औपचारिकता नेपाल कानून बमोजिम हुनेछ ।तर नेपालस्थितविदेशीराजदूताबास वा महावाणिज्य दूताबासमा विवाह गर्दा सम्बन्धित मुलुकको कानून बमोजिमको औपचारिकता पूरा गर्नुपर्नेछ।
(३) उपदफा (१) र (२) को प्रतिकूल भएको विवाहले नेपालभित्र मान्यता पाउने छैन ।